कांग्रेसको प्रदेश सम्मेलन : अधिकार नदिए प्रदेशको औचित्य नहुने सुझाब



काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आजबाट सुरु भएको छ। बागमती प्रदेश पहिलो सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रदेशको अधिकार बाँडफाँडको विषयलाई जतिसक्दो चाँडो टुंग्गोमा पुर्याउन पहल गर्न सभापति देउवालाई आग्रह गरेका छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रदेशलाई संघले अधिकारबिहीन बनाएर झुलाउन नहुने बताए । गठबन्धन सरकारको प्रमुख दल कांग्रेसले प्रदेशलाई अधिकार दिलाउन चाँडो पहल गर्नुपर्नेमा बानियाँले जोड दिए ।

उनले भने, ‘लोकतान्त्रिक गणतन्त्र र संघीयताको नेतृत्व गर्ने कांग्रेस पार्टीको गठबन्धन सरकार छ । पार्टी सभापतिलाई हाम्रो आग्रह छ, गणतन्त्रलाई संस्थागत विकास गर्न तथा गणतन्त्रप्रति जनताको भरोसा जोगाउन प्रदेशको अधिकारलाई चाँडो भन्दा चाँडो बाँडफाड गर्नुपर्छ ।’

उनले संघीयतामा प्रदेशमाथि धेरै चुनौती भएको उल्लेख गर्दै प्रदेशलाई चाँडो अधिकार दिन नसके परिस्थिति गम्भीर बन्ने बताए ।

कांग्रेसले लुम्बिनी, गण्डकि र मधेश प्रदेशको प्रदेश सम्मेलन सक्काइसकेको छ। सबै प्रदेश सम्मेलनहरुमा प्रदेशको अधिकार नदिइएको भन्दै असन्तुष्टि देखिएको छ ।

गण्डकि प्रदेश सम्मेलनमा गण्डकिका मुख्यमन्त्रिले प्रदेशलाइ अधिकार नदिइएको भन्दै चर्को असन्तुष्टि पोखे । उनले अधिकार नदिने हो भने प्रदेशको औचित्य नहुने भएकाले खारेज गर्न सुझाब दिए ।

तेस्तै मधेश र लुम्बिनी, प्रदेशको प्रदेश सम्मेलनमा पनि प्रदेशलाइ अधिकार दिन चर्को माग गरियो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री नियुक्त भए देखि नै प्रदेशको संविधानप्रदत्त अधिकार केन्द्रले हस्तान्तरण नगरे संघर्षमा उत्रिने बताउदै आएका छन् ।

प्रकाशित मिति : पुस ७, २०८० शनिबार  १२ : ५६ बजे