पौष ८,काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले सबै शिक्षकहरुको एउटै दरबन्दी बनाउनुपर्ने बताएका छन् । आईतवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद भण्डारीले शिक्षकहरुको एउटै दरबन्दी बनाउनुपर्ने बताएका हुन् ।
उनले शिक्षकहरुले समयको मागअनुसार विद्यार्थीलाई शिक्षा दिनसक्छ÷सक्दैन भन्ने अहिलेको चुनौति रहेको उल्लेख गर्दै त्यस निम्ति पनि सचेत हुनुपर्ने आवश्यकता रहेको भन्दै शिक्षकहरुले निजामती कर्मचारीसरहको सेवा, सुविधा माग्नु जायज रहेको बताए ।
उनले भने – ‘शिक्षकहरुको एउटै दरबन्दी बनाउनुपर्छ । यो भन्दा बाहिर जानु हुँदैन । अर्कोतिर हामीलाई चुनौति छ, समय अनुसार हामी अपडेट त हुन सकेनौँ । तर वर्तमान शिक्षकले समयको मागअनुसार विद्यार्थीहरुलाई अगाडी बढाउन सक्छ कि सक्दैन रु भन्ने चुनौति छ । त्यसका निम्ति हामी सम्बन्धित निकायसँग नै कुरा गरेर यसको समाधान गर्नुपर्छ । किनभने नयाँ आउने युवाहरुलाई पनि हामीले रोक्नु हुँदैन । पुराना शिक्षकहरुलाई पनि हामीले असन्तुष्ट बनाउनु हुँदैन । त्रिभुवन विश्वविद्यालयको प्राध्यापकलाई पनि हामीले कुनै सुविधा दिएका छैनौँ । नेपाल सरकारको अधिकृतको गाडी हुन्छ । मोटरसाइकल हुन्छ । तर उसको केही हुँदैन । जसले जन्मायो उसैको केही हुँदैन । भनेपछि उनीहरुले हामीलाई नेपाल सरकारका कर्मचारीसरह मान्यता देउ भन्ने कुरा जायज होइन भन्ने लाग्दैन । जायज नै हो । शिक्षकहरु अभिभावकसित, विद्यार्थीसित, पाठ्यक्रमसित, रिजेल्टसित जोडिनुपर्छ । तबमात्र शिक्षाले पूर्णता प्राप्त गर्नसक्छ । हामी गुणात्मक शिक्षा भन्छौँ । के गुणात्मक शिक्षाको परिभाषा पश्चिमाहरुले जे लगाइदिन्छन् हाम्रो पनि त्यही हो त रु यो हामीलाई सबैभन्दा ठूलो चुनौति हो । पास, फेल भन्नेकुरा कपिमा एस र नो को भएको आधारमा हुँदैन । उसको क्रियाकलाप, व्यवहारको आधारमा पनि रिजेल्ट मार्क गर्नुपर्छ । हाम्रो बच्चाहरु गाई दुहुन जाने, भैँसी दुहुन जाने, घाँस काट्न जाने, दाउरा चिर्न थाले भने त्यो गुणस्तर होइन रु त्यसकारण हाम्रा विज्ञहरु यो देशको निम्ति पश्चिमाहरुले बनाइदिएको कपि पेस्ट मात्रै गरे नेपाल अनुसार बुझेनन् त्यो पनि हाम्रो समस्या छ । त्यसकारण यसलाई पनि हामीले यो विधेयकमा हेर्नुपर्छ ।’
भण्डारीले नेपालको अवस्थिति अनुरुपको शिक्षा विद्यार्थीहरुलाई दिनुपर्नेमा जोड दिए ।














