पौष १२, काठमाडौं । सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को रिक्त सदस्यसचिव पदमा महेश भट्टराईलाई तोकेको छ ।
बिहीवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले परिषद्को रिक्त सदस्यसचिव पदमा महेश भट्टराईलाई तोकेको हो
तेस्तै सरकारले २०८०/०८१ को लागि गहुँको न्युनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रीपरिषद्को बैठकले गहुँको न्युनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गरेको बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले जानकारि दिइन् ।
उनले सरकारले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पुनः संरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण वएमएन स्वीकृति गर्ने । यसअनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कम हुने ।
२०८०.०८१ को लागि गहुँको न्युनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गर्ने । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमतर्फ रिक्त सदस्यसचिव पदमा श्री महेश भट्टराईलाई तोक्ने ।’














