बालकुमारीबाट पक्राउ परेका ७३ जनालाई छाड्ने निर्णय,मुद्दा नचल्ने



काठमाडौँ । ललितपुरको बालकुमारी स्थित प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई छाड्ने निर्णय गरिएको छ। पक्राउ गरेकालाई प्रहरीले मुद्दा नचलाउने भएको छ।

पुस १३ मा रोजगार अनुमति प्रणाली ९इपिएस० मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्णय भएको प्रहरीले जनाएको छ।

मुद्दा नचलाउने निर्णयपछि प्रहरीको नियन्त्रणमा रहेका ७३ जना छुटेका छन्। भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा।२ झ ५८६१ नम्बरको गाडी जलाएको र भौतिक सम्पती तोडफोड गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन्।

मुद्दा नचलाउने निर्णयपछि प्रहरीको नियन्त्रणमा रहेका ७३ जना छुटेका छन्। भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा।२ झ ५८६१ नम्बरको गाडी जलाएको आरोपमा उनिहरु पक्राउ परेका हुन्।

प्रकाशित मिति : पुस १५, २०८० आईतबार  ११ : १३ बजे