अष्ट्रेलिया एनआरएनको युथ कोर्डिनेटरमा समाज सेवी पाण्डेको उम्मेदवारी



काठमाडौं जेठ, २०–
आउँदो जुलाइ ६ यानेकी नेपाली समय अनुसार जेठ २३ गते  एनआरएन अन्तरगत अष्ट्रेलिया एनआरएनको निर्वाचन हुँदैछ । उक्त  निर्वाचनमा आविष्कार पाण्डेले  कुइन्स्ल्यान्ड राज्य समन्वय समितिको युथ कोर्डिनेटरको रुपमा कार्य गर्ने उद्देश्यले आफ्नो उम्मेदवारी दिएका छन् । सन् २०१३ मा  नेपालबाट अष्ट्रेलिया गएदेखि नै पाण्डे नेपाली समाज सेवा तथा खेलकुद गतिबिधिमा सक्रिय रहेका छन् ।

उनले यसअघि  २०७२ साल वैशाख १२ गते नेपालमा आएको   महाभूकम्पका बेला होस या  भर्खरै तराईमा आएको  हावाहुरीका बेला विभिन्न रास्ट्रिय  तथा अन्तरास्ट्रिय संघसंस्थासँग सहकार्य गरी नेपालमै रहेर सहयोग समेत गरेका छन् ।

उनले सन् २०१७ देखि १८ सम्म     NAQ  QUEENELAND STUDENTS CORDINATOR को  रुपमा भुमिका समेत निर्वाह गरिसकेका छन् । पाण्डेले  अष्ट्रेलियामा आफ्नो र आफ्ना अविभावकहरुको सपना पुरा गर्दै सुन्दर भविष्य निर्माण गर्न आउने युवा विद्यार्थीहरुका समकालीन समस्या हल गर्ने उपाय खोज्ने आफ्नो उद्देश्य रहेको बताएका छन् ।

उनले   प्रवासमा रहेका नेपाली युवाहरुको व्यक्तित्व तथा करीअर विकासको लागि   ठोस अभियान संचालन गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।  उनले प्रवासमा रहेका नेपाली युवाहरुको सोच र भावनाको प्रतिनिधित्व गर्ने प्रतिबद्धतासहित  यसपालीको  चुनाबमा सबैको  अमुल्य मतको लागि विनम्र अनुरोध समेत गरेका छन् । उनले  सदाझैं सबैको  मत र माया पाउनेमा विश्वस्त रहेको बताए । कुइन्स्ल्यान्ड  निवासी सम्पुर्ण नेपाली  दाजुभाई तथा  दिदि–बहिनीहरुमा  नमस्कारसहित पाण्डेले अमूल्य मत मागेका छन् ।

प्रकाशित मिति : जेष्ठ २०, २०७६ सोमबार  ३ : १६ बजे