राष्ट्रियसभा निर्वाचन : आज रातिदेखि ‘मौन अवधि सुरु



काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको स्थिर समय ९मौन अवधि० आज राति १२ बजेदेखि लागु हुने भएको छ ।

सोमबार राति १२ बजेदेखि आसन्न निर्वाचनको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले बाह्रखरीसित बताए ।

राष्ट्रियसभाको रिक्त १९ पदका निम्ति यही माघ ११ गते निर्वाचन हुँदै छ । मतदान बिहान ९ बजेदेखि ३ बजेसम्म हुने तय छ ।

प्रकाशित मिति : माघ ८, २०८० सोमबार  ११ : ५८ बजे