राष्ट्रपतिद्धारा माघ २२ बाट संसद्को हिउँदे अधिवेशन आह्वान



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन माघ २२ लाई आह्वान गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संसद्का दुवै सदनको अधिवेशन माघ २२ गते सोमबारका लागि आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सुरु हुने अधिवेशन दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदका दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : माघ १०, २०८० बुधबार  ७ : २३ बजे