काठमाडौं, २५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरी गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको आरोपमा आज ९बिहीबार० अख्तियारले विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।
समितिका तत्कालीन अध्यक्ष लगायतका पदाधिकारीहरुको मिलेमतोमा नक्कली रसिद बनाई समितिका अध्यक्ष, पदाधिकारी, कर्मचारीहरुको संलग्नतामा नगर विकास समितिका प्लट घडेरी आफन्त लगायतको नाममा समितिमा कम रकम बुझाई हक हस्तान्तरण गरेको अख्तियारको निश्कर्ष छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेले सार्वजनिक जग्गा व्यक्ति विशेष तथा संघरसंस्थाहरुलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्था बमोजिम उपलब्ध गराउनु पर्नेमा त्यस विपरीत काम गरेको अनुसन्धानबाट खुलेको जानकारी दिए।