काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।
आगामी शनिबारदेखि गोदावरीमा हुन लागेको पार्टीको महासमिति बैठकको तयारीका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।
बिहीबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले महासमिति बैठकका एजेन्डाहरु तय गर्ने र बैठकमा प्रस्तुत गर्ने तयारी रहेका प्रतिवेदनहरु समेत पास गर्ने जनाइएको छ ।














