मन्त्रिपरिषद् बैठकः विकल पौडेल सुरक्षण मुद्रणबाट बर्खास्त,आयल निगमको कार्यकारीमा चण्डिका भट्ट नियुक्त



काठमाडौं, ६ फागुन । मन्त्रिपरिषद बैठकले चण्डिका भट्टलाई नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई नियुक्त गरेको हो ।

आजकै बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भूपेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

तेस्तै बैठकले सूचना सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट हटाएको छ । उनले अमेरिकाको स्थायी आवासीय एलपीआर लिएको देखिएकाले उनलाई पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति : फाल्गुन ६, २०८० आईतबार  ७ : ५६ बजे