काठमाडौं । आइसीसी विश्वकप लिग टू क्रिकेमा नामिबियाविरुद्ध आज पनि नेपालले टस हारेको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा साढे ९ बजेबाट सुरुहुने खेलमा टस हारेको नेपालले पहिला ब्याटिङ गर्ने छ ।
पहिलो खेलमा पनि नामेवियासँग टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पराजय भोगेको थियो ।त्रिवि मैदानमा टस जित्ने टोलीले पहिला फिल्डिङ गर्ने अनि कम स्कोरमा रोकेर खेल जित्ने परम्परा जस्तै देखिएको छ ।
आइसीसी लिग टूका सम्पन्न तीन खेलमा टस जित्ने टोलीले फिल्डिङ रोज्दै खेल जितेका छन् । नामिवियाविरुद्धको आजको खेलमा नेपालले करण केसीले टिममा कमब्याक गर्दा गुल्सन झा बेन्चमा रहेका छन् ।
नेपाली टिम : रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी र ललित राजवंशी ।














