जनकपुर–
महोत्तरीको जलेश्वरमा रहेको प्रदेश दुईको लोक सेवा आयोगको कार्यालयमा राष्ट्रिय जनता पार्टी आबद्द विद्यार्थीहरुलेघेराउ गरेका छन्।
आयोगको विज्ञापन समावेशी सिद्धान्त विपरित रहेको भन्दै राजपाले सम्सदमा समेत बिरोध जनाइ रहेको छ । यसै बिच राजपा निकट विद्यार्थीले संघीय सरकार र आयोग विरुद्ध नाराबाजी गर्दै आयोगको कार्यालय घेराऔ गरेका हुन ।
लोक सेवा आयोगले हालै प्रकाशित गरेको विज्ञापन फिर्ता लिन माग गर्दै उनिहरुले आयोगको असमावेशी विज्ञापन खारेज नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
लोक सेवा आयोगले भने बिज्ञपन प्रचलित कानुन अनुसार नै भएको बताइ सकेको छ ।










