काठमाडौं । काठमाडौँमा जारी आइसीसी विश्वकप लिग टू क्रिकेटको त्रिकोणात्मक एक दिवसीय क्रिकेटको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सलाई जितका लागि एक सय ७३ रनको लक्ष्य दिएको छ ।
टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपामलले ४९.२ ओभरमा अल आउट हुँदै एक सय ७२ रन बनायो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६६ रनको अर्धसतकीय पारी खेले ।
त्यस्तै, करण केसीले २६, आसिफ शेख १७, रोहित पौडेल १६, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेदरल्यान्ड्सका आर्यन दत्त र भिभियान किङ्माले दुई÷दुई तथा रोएलोफ भान डर मार्वे र बास डे लिडेले एक÷एक विकेट लिए ।
नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।














