काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नै वन्धुलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारीमा रहेको थाहा भएको छ ।सत्ता गठबन्धनको नयाँ छलाङ्ग मार्दा प्रधानमन्त्री दाहालले यो शर्तमा एमाले सहितका दलहरुलाई सहमत गराएको माओवादी केन्द्र सम्बध्द समाचार सूत्रले बताएको छ ।
प्रधानमन्त्री दाहालले चितवनका नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने योजना बनाएको माओवादी निकट विश्वस्त सूत्रले बताएको छ । नारायण प्रसाद दाहाल यसअघि रामनारायण बिडारीको अवकाशपछि रिक्त भएको स्थानमा राष्ट्रिय सभाको सदस्य मनोनित भएका थिए ।
यसअघि चितवन निवासी नारायण दाहाललाई तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिईन् ।राष्ट्रिय सभालाई विज्ञहरुको सभा भनिएपनि दलहरूले आफ्नो नजिकका व्यक्तिलाई अवसर दिने वैकल्पिक थलोको रुपमा बिकास गर्दै आएका छन् ।
सांसद दाहाल प्रधानमन्त्रीका साख्यै भाइ नभए पनि उनका घनिष्ठ सहयोगी मानिन्छन् । विगतमा पनि विज्ञका रुपमा आफूसँग नजिक राखेर प्रधानमन्त्रीले नारायणलाई सत्ता बाहिर रहन दिएका थिएनन् ।यसपटक भने उनलाई संसदको माथिल्लो सदनको नेतृत्वमा स्थापित गरेर संवैधानिक परिषदमा आफूलाई सहज स्थिति बनाउने उदेश्य प्रधानमन्त्रीको रहेको बताईएको छ ।सांसद दाहालले आफू छ वर्षे अवधिको सांसद भएको बताउँदै अब चार वर्ष कार्यकाल बाँकी नै रहेको बताए ।
राष्ट्रिय सभाका तीन सदस्य मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक प्रावधान रहेको छ । तीमध्ये एक स्थान अहिले खाली रहेको छ ।नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल मन्त्री परिषदको सिफारिसमा मनोनित गर्ने प्रावधान छ ।














