प्रधानमन्त्री दाहाललाई विस्वासको मत दिन रास्वपाको सांसदलाई ह्विप



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।

मंगलबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको रास्वपा संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । सबै सांसदलाई बुधबार अनिवार्य सदनमा उपस्थिति भएर मत दिन रास्वपाले ह्विप जारी गरेको हो ।

रास्वपा उपप्रधान तथा गृहमन्त्री सहित चार मन्त्रालय लिएर नयाँ सत्ता समिकरणको दाहाल नेतृत्वको सरकारमा सामेल छ ।

प्रधानमन्त्री दाहालले भोली प्रतिनिधि सभाबाट विस्वासको मत लिँदै छन् ।

प्रकाशित मिति : फाल्गुन २९, २०८० मंगलबार  १० : ३८ बजे