एकीकृत समाजवादी सत्ता गठबन्धनलाई सघाउन तयार, सरकारलाई विश्वासको मत दिने सहमति



काठमाडौँ, २९ फागुन । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा गठबन्धनका उम्मेदवार र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालसँग आज बिहान बालुवाटारमा गरेको छलफलपछि एकीकृत समाजवादी विश्वासको मत दिन सहमत भएको हो

प्रधामनन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाका अनुसार गठबन्धनमा आवद्ध दलहरुबीच राष्ट्रिय विषयमा समान धारणा बनाएर जाने विषयमा प्रधानमन्त्रीले अध्यक्ष ओली र अध्यक्ष नेपालसँग छलफल गरेका हुन् । 

प्रकाशित मिति : फाल्गुन २९, २०८० मंगलबार  १२ : ०२ बजे