एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान



काठमाडौँ, १३ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेल आज चीन प्रस्थान गर्नुभएको छ ।

चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गर्नुभएको उनको सचिवालयले जनाएको छ । सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हनेछ । 

उपाध्यक्ष पौडेलले नेपालका तर्फबाट बिहीबार सम्मेलनमा सम्बोधन गर्नुहुने जनाइएको छ ।

प्रकाशित मिति : चैत्र १३, २०८० मंगलबार  ३ : ०२ बजे