इलाम– २ मा उम्मेदवार टुंग्याउने माओवादीको तयारी, बालुवाटारमा पदाधिकारी बैठक जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल गर्न केहीबेरअघि बैठक सुरु भएको माआवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

इलाम–२ को उपनिर्वाचनमा सत्ता साझेदार दल नेकपा एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ भने रास्वपा पनि उम्मेदवारबारे छलफलमा छ ।

यहीबीचमा माओवादी केन्द्रले पनि पदाधिकारी बैठकमार्फत आफ्नै उम्मेदवार टुंग्याउने तयारी गरेको आकलन गरिएको छ ।

प्रकाशित मिति : चैत्र १४, २०८० बुधबार  ९ : ४२ बजे