तीन संसदीय समितिका बैठक बस्दै, प्रस्तावित महालेखापरीक्षकबारे संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने



काठमाडौं– संघीय संसद्अन्र्तगतका तीन समितिको बैठक सोमबार बस्ने भएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र दुवै सभाको संयुक्त समिति संसदीय सुनुवाइ समितिको बैठक सोमबार बस्दै छ ।

बिहान १० बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित महालेखापरीक्षक तोयम रायाका विषयमा संसदीय सुनुवाइ प्रक्रियाअघि बढाउने तयारी छ । संवैधानिक परिषद्बाट सिफारिस भएका रायाका विषयमा सोमबारको बैठकले संसदीय सुनुवाइ अघि बढाउने समितिका सदस्य एवम् नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

यस्तै, नेपाल वायु सेवा निगमबाट हालसम्म भएका कामकारबााहीका सम्बन्धमा छलफलका लागि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पनि सोमबार बिहानका लागि बोलाइएको छ । बैठक ८ बजेपछि बस्ने छ ।

त्यस्तै, राष्ट्रियसभा अन्र्तगतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सोमबार बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा शिक्षा सम्बन्धी विषयमा मन्त्रालयबाट भएका काम कारबाही, समस्या र भावी कार्ययोजनाबारे छलफल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित मिति : चैत्र १९, २०८० सोमबार  ९ : २० बजे