एसएमएस फ्रेन्डसिप कप : उपाधी जित्न गुजरातले १७७ रन बनाउनुपर्ने



काठमाडौं । भारत टुरमा रहेको नेपाली राष्ट्रि क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कपको उपाधी जित्न स्टेट टोली गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रनको अर्धशतकीय पारी खेले । उनले ५ चौका र ४ छक्का हिर्काए ।
त्यस्तै आसिफ शेखले ३४, कुशल भुर्तेलल १९ र कुशल मल्ल ३१ रनको योगदान दिए ।

गुजरातका स्नेह पटेल, तेजास पटेल, जयमीत पटेलले र जाला युवराजसिंहले एक÷एक विकेट लिए ।
गुजरातले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ ।

प्रकाशित मिति : चैत्र २५, २०८० आईतबार  ३ : ३९ बजे