काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल फित्र (ईद)का अवसरमा भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
चैत २९ गते बिहीबार इदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचनाअनुसार नै बिदा दिइएको मन्त्रालयले जनाएको छ ।
मुस्लिम आयोगले पनि बिहीबार ईद परेको भनेर सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको थियो ।










