श्रीमतीले मासु पकाउन नमान्दा कैँची प्रहार गरी हत्या



दिपायल । दिपायल सिलगढी नगरपालिका वडा नं ३ दिपायलमा कैंची प्रहार गरी एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेको अभियोग लगाइएको छ ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले दिनुभएको जानकारी अनुसार दिपायल सिलगढी ३ का ४५ वर्षीय कृष्ण नेपालीले श्रीमती अन्दाजी ४० वर्षीया मीनालाई लुगा काट्ने कैँची प्रहार गरी हत्या गरेका हुन् ।

सोमबार राति ९/१० बजे घरायसी झगडा हुँदा नेपालीले श्रीमतीको घाँडी र ढाडमा कैँची प्रहार गरेको बताइएको छ ।

अभियुक्त नेपालीलाई प्रहरीले पक्राउ गरेको र अन्य अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

प्रकाशित मिति : असार ३, २०७६ मंगलबार  ६ : २० बजे