छानबिन समिति माग्दै सदनबाट सडक पुग्यो कांग्रेस



काठमाडौँ । गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सडक आन्दोलन सुरु गरेको छ।प्रदर्शनीमार्गमा विरोध प्रदर्शन र त्यसलाई सम्बोधन गर्ने क्रम जारी छ।

प्रतिनिधि सभामा वेल घेराउ गरी विरोध गर्दै आएको कांग्रेस गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै पहिलोपटक सडकमा उत्रिएको हो।

प्रदर्शनकारीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण, नागरिकता, पासपोर्ट लगायतमा छानबिन गर्नुपर्ने मागसहितको प्लेकार्ड बोकेका छन्।

प्रकाशित मिति : जेष्ठ १३, २०८१ आईतबार  ४ : १५ बजे