बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच छलफल



काठमाडौँ । प्रमुख दलका शीर्ष नेता छलफलमा जुटेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको हो ।

सहकारीको रकम हिनामिना र अपचलनको छानबिन गर्न संसदीय छानबिन समिति गठन भएपछि पहिलो पटक तीन नेताबिच एकै पटक भेटवार्ता र छलफल भएको हो ।

भेटमा समसामयिक र बजेटका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी गराएको छ ।

आउँदो आर्थिक वर्षको बजेटमाथि आइतबारदेखि संसद्‌मा छलफल जारी छ । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भने आइतबार (हिजो) पनि छलफल भएको थियो ।

प्रकाशित मिति : जेष्ठ २१, २०८१ सोमबार  १२ : ०१ बजे