काठमाडौं, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । बालुवाटार स्रोतका अनुसार यसै साता मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउने तयारी थालेका छन् ।
नाउपाबाट रञ्जिता श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको नेतृत्व गर्ने भएकी छन् ।त्यसका लागि एक हप्ताभित्र मन्त्री हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयबाट हटाइँदै छ ।
श्रेष्ठले यसअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भइसकेकी थिईन् । नाउपाले यसपटक एक मन्त्रीसहित एक राज्यमन्त्रीको जिम्मेवारी पनि पाउने भएको छ ।














