काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गाैतमले सडक विभाग काठमाडौं महानगरपालिकाबीचको विवाद लज्जास्पद भएको बताएकी छन् ।
प्रतिनिधसभा बैठकमा आज शून्य समयमा बोल्दै सांसद गाैतमले सडक र फुटपाथ निर्माणको विषयमा विवाद हुनु लज्जासपद भएको बताइन् । राज्यका दुई अंगबिच सिर्जना भएका यस्ता विवाले संघीयतामाथि नै प्रश्न उठ्ने भन्दै गौतमले गम्भीर बन्न आग्रह गरेकी थिइन् ।
सभामुख महोदय, अहिले काठमाडौं महानगरपालिका र सडक विभागबिच आरोपप्रत्यारोप चलिरहेको छ । फोहोर व्यवस्थापनको विषय , सडक र फुटपाथ निर्माणको विषयमा कसको क्षेत्राधिकार के रु पटक पटक विवाद हुनु लज्जास्पद विषय हो , गौतमले भनिन् ,राज्यका दुई अंगबिचको विवाद सतहमा सामान्य लागे पनि यसले दिने सन्देश सामान्य छैन । स्थानीय सरकार र संघबिच हुने यस्तै विवादका कारण अहिले संघीय व्यवस्था माथिनै प्रश्न उठिरहेको छ । यसतर्फ पनि गम्भीर हुन सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदछु ।














