काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने कसैलाई नछाड्ने दृढता व्यक्त गरेका छन्। गत सोमबार मन्त्री परिषद्को पहिलो बैठकमै प्रधानमन्त्री ओलीले कामन नगर्ने मन्त्री प्रति कठोर बन्ने संकेत गरेका छन्।
जनतामा निराशा छाएको कुरा पटक–पटक दोहोयाउँदै प्रधानमन्त्रीले १ वर्षभित्र केही गर्न नसके देश दुर्घटनामा जाने बताए। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्री फेलियर बनाउन लाग्ने कर्मचारीलाई पनि नछोड्ने बताएका छन्।
ओलीले गत सोमबार प्रधानमन्त्री पदको सपथ ग्रहण गरेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६९२० बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेपछि ओलीले सोमबार सपथ लिँदै २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।
सोही दिनको मन्त्री परिषद्मा बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई कडा निर्देशन पनि दिएका हुन्। संसदको दुई ठूला दल मिलेर बनेको सरकारबाट जनताले ठूलो अपेक्षा गरेको उनको भनाइ थियो। त्यही भएर उनले मन्त्रीहरूलाई काम गरेर देखाउन ‘डेडलाइन’ दिएको स्रोतको भनाइ छ।
‘प्रधानमन्त्रीज्युले क्याबिनेटका प्रत्येक मन्त्रीलाई एक महिनाभित्र केही न केही गरेर देखाउन निर्देशन दिनुभएको छ। उहाँले परिणाममुखी काम गरेर देखाउन मन्त्रीहरूलाई भन्नुभएको छ,’ बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले भनेका थिए।
उनले सुरुमै सुशासनप्रति आफू प्रतिवद्ध रहेको र कसैले पनि त्यो सीमा पार गरेको देख्न नसक्ने बताएका थिए। ‘न मैले भ्रष्टाचार गर्नु छ, न अरुलाई गर्न दिन्छु। भ्रष्टाचार गर्ने जोकोहीलाई म छोड्दिनँ, यसमा म प्रस्ट छु, तपाईँहरू पनि हुनुस्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
प्रधानमन्त्री ओलीले एक वर्षभित्र पाउने सफलताको योजना पनि सुनाएका थिए। ‘३ महिनाभित्र यो महसुस हुनुपर्यो कि मन्त्रीहरूले काम गर्न सक्छन्। ६ महिनाभित्र के९के काम गर्दैछ भन्ने कुराको खाका देखाउनुपर्यो। वर्ष दिनमा हामी त्यहाँ पुग्नपर्यो, जुन दिन जनताले आशाबाहेक अरु कुराको कल्पना नगरोस्,’ प्रधानमन्त्री ओलीले भने।
उनले मन्त्रीलाई असफल गर्न खोज्ने कर्मचारीलाई पनि नछोड्ने बताए। राम्रो सम्बन्ध राख्दाराख्दै पनि कर्मचारीले अटेरी गरे त्यो सैह्य नहुने प्रधानमन्त्रीको भनाइ थियो। ‘तपाईँ हामी सबै जना मिलेर काम गरौं। कर्मचारीको साथ र सहयोग पनि लिएर अघि बढौं। कर्मचारीले बदमासी गर्यो भने एक९दुईपटक सम्झाउँला, त्यस्ता कर्मचारीलाई तेस्रो पटकमा फायर गर्ने हो। जानाजान मन्त्रीलाई फेलियरु गराउने कर्मचारीलाई छोडिनन्,’ उनले भने।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकबाट ओलीले केही महत्वपूर्ण निर्णयसमेत गरे। ओलीले पहिलो बैठकबाट कीर्तिपुरस्थित टियु क्रिकेट मैदानलाई ३०० दिनभित्र फ्लडलाइटमा र प्यारा फिटसहित स्तरीय रंगशाला निर्माण गर्ने, विपद्मा ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउने, जाजरकोट भूकम्पबाट क्षति भएका परिवारलाई दोस्रो र तेस्रो किस्ता बापतको रकम उपलब्ध गराउने, १ वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउनेलगायत निर्णय छन्।










