प्रधानमन्त्री ओलीको राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिकमा खतिवडा नियुक्त



काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र विकास सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबर बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी शुब्बा गुरुङले जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्री ज्युको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु प्रसाद रिमाल र विकास सल्लाहकारका रुपमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय भएको छ ।’

प्रकाशित मिति : श्रावण ३, २०८१ बिहीबार  ८ : ०५ बजे