काठमाडौँ–मुग्लिन सडक अवरुद्ध, फिस्लिङमा पहिरो



काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मुग्लिन–काठमाडौँ सडक खण्ड पहिरो खसेर अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा पहिरो खस्दा उक्त सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको हो ।

यसअघि तयारी अवस्थामा डोजर राख्ने गरिएकोमा यस वर्ष पहिरो हटाउने डोजर तयारी अवस्थामा नराखेकोले समयमा पहिरो हटाउन नसकेको र घन्टौंसम्म सवारी साधन रोकिएको स्थानीयले गुनासो गरेका छन्।

अहिले डोजरले पहिरो पन्छाउने काम शुरु गरेको र केही बेरमा सडक खुल्ने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : श्रावण ७, २०८१ सोमबार  ७ : ५५ बजे