कर्णाली प्रदेशमा पहिलो पटक प्रतिपक्षी बन्दै माओवादी, ३ मन्त्रीले दिए राजीनामा



सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ।सोमबार माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कँडेललाई सामूहिक राजीनामा दिँदै सरकारबाट बाहिरिएका हुन्।

माओवादी केन्द्रबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री वीरबहादुर शाही, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री दुर्ग रावतले मन्त्री पदबाट राजीनामा दिएका हुन्।

माओवादी सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री कँडेल नेतृत्वकै सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ।केन्द्रमा कांग्रेस(एमालेबीच नयाँ गठबन्धन बनेपछिले कांग्रेस सरकारमा भित्रने तयारी गरेको हो।कर्णालीमा पहिलो पटक माओवादी प्रमुख प्रतिपक्षीमा पुगेको छ।

प्रकाशित मिति : श्रावण ७, २०८१ सोमबार  १२ : २३ बजे