बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिंह लामा नियुक्त



काठमाडौं, ८ साउन । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् ।

आज (मंगलबार) प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । लामाले आज नै बागमतीको मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनलाई नेपाली कांग्रेसका ३७ र नेकपा (एमाले)का २७ गरी ६४ जना सांसदको समर्थन रहेको छ ।

मुख्यमन्त्री लामाले भोलि बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने पनि बताईको छ । निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका थिए ।

कूल १३ वटा मन्त्रालय रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसिहत ७ र एमालेले ६ वटा मन्त्रालय पाउने सहमति भएको बताइएको छ ।

प्रकाशित मिति : श्रावण ८, २०८१ मंगलबार  ६ : २९ बजे