कोशीका माओवादी मन्त्रीले आजै राजीनामा बुझाउने



काठमाडौं । (विराटनगर)कोसीमा नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले सरकार छाड्ने भएका छन् । उनीहरूले शुक्रबार अपराह्नसम्म मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् ।

कोशी सरकारको नेतृत्व आलोपालो गर्न र मन्त्रालयहरूको भागबन्डा टुंग्याउन नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार छाड्ने निर्णयमा पुगेको हो।

मुख्यमन्त्री कार्कीले समय दिएलगत्तै राजीनामा बुझाउने तयारी रहेको एक मन्त्रीले बताए । माओवादीले लिएका तीनसहित मुख्यमन्त्री कार्कीसँग रहेको एक मन्त्रालय थपेर कांग्रेसले चार मन्त्रालय लिने र माओवादीले पाएको एक राज्यमन्त्रीमा थप एक जना गरेर दुई जना राज्यमन्त्री एमालेले लिने मोटामोटी सहमति बनेको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : श्रावण ११, २०८१ शुक्रबार  १० : ५० बजे