पोखरामा स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु, अन्य घाइतेको उपचार हूदै



पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् ।

उक्त दुर्घटनामा परि विद्यालयकै एक स्टाफको मृत्यु भएको छ ।

अन्य घाइतेको पोखराका तीन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार पोखराको गण्डकी मेडिकल कलेज, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : श्रावण १४, २०८१ सोमबार  ११ : २८ बजे