सुदुपश्चिम प्रदेश: क-कसलाई बनाउँदैछ कांग्रेसले मन्त्री ?



धनगढी । सुदुपश्चिम प्रदेशमा नेपाली कांग्रेसले सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम करिब टुंगो लगाएको छ। कांग्रेसले प्रदेश महामन्त्री मेघराज खड्काका र बहादुर थापालाई मन्त्री बनाउने तयारी गरेको एक नेताले जानकारी दिए। ती नेताका अनुसार अहिले १ बजे बस्ने संसदीय दलको बैठकले मन्त्रीहरुको अन्तिम टुंगो लगाउनेछ।

यस्तै कांग्रेसबाट गीता चौधरी र ललिता सुनुवार राज्यमन्त्री बन्ने सम्भावना बलियो छ। नेकपा एमाले र कांग्रेसको सहमति अनुसार कांग्रेसले मुख्यमन्त्री र तीन मन्त्रालय तथा एमालेले ३ मन्त्रालय पाउनेछ।

आजै दिँउसो मुख्यन्त्री कमलबहादुर शाह र मन्त्रीहरुको शपथ लिने कार्यक्रम छ।

प्रकाशित मिति : श्रावण २१, २०८१ सोमबार  १२ : ५३ बजे