बागमती प्रदेशले दियो भदौ ४ गते सार्वजनिक बिदा



काठमाडौँ । बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिएको छ। साउन ३२ गतेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।

भदौ ४ गते गाइजात्राका अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय लिएको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर मन्त्रिपरिषद् बैठकसहित बिदाको जानकारी गराएको हो।

प्रकाशित मिति : भाद्र २, २०८१ आईतबार  २ : ४५ बजे