साफ यू–२० च्याम्पियनसिपको ट्रफि सार्वजनिक



काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको ट्रफि सार्वजनिक गरिएको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ यू–२० च्याम्पियनसिपको ट्रफि सार्वजनिक गरिएको हो ।

साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलको छिनोफानो टाइब्रेकरबाट भएको थियो भने जसमा भुटानलाई ४–१ ले हराउँदै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो । नेपाल र भुटानबीचको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो ।

साविक विजेता भारतलाई हराउँदै बंगलादेश साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको हो ।सोमबार भएको सेमिफाइनलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा पराजित ग¥यो । बंगलादेशले उपाधिका लागि नेपालसँग खेल्नेछ ।

प्रकाशित मिति : भाद्र ११, २०८१ मंगलबार  ५ : ५८ बजे