काठमाडौँ । अभियन्ता सुमन सायमी र मधेसी नेता राजेन्द्र महतोले नयाँ पार्टी खोलेका छन्।महतोले आज घोषणा गरेको ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’मा सायमी कोर टिममा छन्।
महतोले पार्टीमा अध्यक्षबाहेक अरु कुनै पनि पदाधिकारीको घोषणा गरेका छैनन्।आदिवासी जनजातिका मुद्दा वकालत गर्दै आएका बुद्धछिरिङ मोक्तान पनि महतोको पार्टीमा आबद्ध भएका छन्।
सुमन सायमी काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेर चर्चामा आएका थिए।बालेनसँगै प्रतिस्पर्धा गरेका सायमीले राम्रो भोट पनि ल्याए।
मेयरमा उनले १३ हजार ७७० भोट ल्याउँदै चौंथो स्थानमा रहेका थिए।उनले प्रतिनिधिसभाको निर्वाचनमा पनि प्रतिस्पर्धा गरे।
काठमाडौं-८ बाट चुनाव लडेका उनी रास्वपा उम्मेदवार विराजभक्त श्रेष्ठका निकटतम प्रतिस्पर्धी बन्दै पराजित भएका थिए।














