काठमाडौँ । दसैँअघि बीपी राजमार्ग सञ्चालन नहुने भएको छ।
असोज ११ र १२ गतेको बाढीपहिरोबाट बीपी राजमार्गको १२ किलोमिटर सडक बगाएकोले दसैँअघि सडक खुलाउन सम्भव नभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए। शुक्रबार विकास तथा पूर्वाधार समितिको बैठकमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् ।
सडकका दुवैतिर पहिरो जाँदा बीचमा अड्किएका सवारी साधनलाई भने तार्न प्रयास भइरहेको उनको भनाइ छ।
‘तत्काल अस्थायी बाटो बनाएर पनि सवारी सञ्चालनमा समस्या छ। पुलमा पनि क्षति पुगेकोले तत्काल सडक सुरु गर्न सक्ने अवस्था रहेन,’ उनले भने।
बीपी राजमार्गमा फसेका झन्डै ५ सयवटा गाडिको उद्धार प्रयास भइरहेको उनले बताए। दसैँ अघि उनीहरूको चाहिँ उद्धार गर्ने उनले बताए।










