सन्दीपले पाए अमेरिकाको भिसा,अमेरिका जाने निश्चित



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । यसअघि अमेरिकाले भिसा नदिएकै कारण सन्दीपले टी-२० विश्वकपको अमेरिकामा भएका खेलहरूमा सहभागी हुन पाएका थिएनन् ।

यसअघि सन्दीपलाई अमेरिकाले पटक-पटक भिसा दिन अस्वीकार गर्दै आएको थियो । यसपटक भने लिग-२ सुरु हुनु केही दिन अघि भीसा दिएको छ ।

उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

आजबाट नेपाल र अमेरिकाबीच टी-२० सिरिज सुरु भएको छ । तीन खेलको टी-२० श्रृंखलामा नेपालले दोस्रो खेल आइतबार खेल्नेछ ।

टी-२० सिरिज पछि अमेरिकामा नै नेपालले स्कटल्याण्ड र अमेरिकासँग आईसीसी लिग २ का खेल खेल्नेछ ।

प्रकाशित मिति : कार्तिक २, २०८१ शुक्रबार  ३ : २८ बजे