सेयर बजार ४७ अंकले घटेर २७०० भन्दा तल



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २७०० अंक भन्दा मुनि झरेको छ।

आइतबार ४७.४४ अंक घटेर २६९७ बिन्दुमा नेप्से झरेको हो।

सूचक घटेपनि कारोबार रकम भने बढेको छ। बिहीबार ७ अर्ब १९ करोडको कारोबार भएकोमा आज ८ अर्ब १८ करोडको भयो।

आइतबार १८ कम्पनीको मूल्य बढ्दा २२६ को घट्यो। सबै क्षेत्रका सूचक घटे।

बैंकिङ १.०२, विकास बैंक २.३४, फाइनान्स ४.००, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.१४, लगानी १.८९, जीवन बीमा २.४६, उत्पादन २.०५, माइक्रोफाइनान्स १.५२, निर्जीवन बीमा १.५२, अन्य १.५० तथा व्यापार समूह १.८६ प्रतिशत घटे।

कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो। ङादी ग्रुप पावरको ९.८९, हिमालयन लघुवित्तको ५.९२ तथा अपर सोलु हाइड्रोको ३ प्रतिशत मूल्य बढ्यो।

प्रकाशित मिति : कार्तिक ४, २०८१ आईतबार  ३ : ३१ बजे