एनपीएल : लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्र्तगत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले चितवन राईनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।

मंगलबार टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो ।

कप्तान रोहितकुमार पौडेलले ५७ बलमा ८१ रन बनाएका थिए भने जफरले ३५ बलमा ५२ रनको योगदान गरे ।

प्रकाशित मिति : मंसिर २५, २०८१ मंगलबार  १० : ५० बजे