क्रिकेट मैदान त्रिविमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि बोलपत्र आह्वान



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि बोलपत्र आह्वान भएको छ ।

शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि आज शुक्रवार बोलपत्र आह्वान गरेको हो ।

प्यारापिटका लागि १ करोड ६२ लाख र फ्लडलाइटका लागि १ करोड ७३ लाख रुपैयाँ लगनेछ भने बोलपत्र पेश गर्न २०–१० हजार रुपैयाँ लाग्ने छ । बोलपत्र पेश गर्ने म्याद माघ ६ गते दिउँसो १२ः३० बजेसम्म रहनेछ । सोही दिन दिउँसो साढे १ बजे बोलपत्र खोलिने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : पुस ५, २०८१ शुक्रबार  १ : ०२ बजे