भक्तपुरमा बाबुछोरा हत्या प्रकरणमा पक्राउ परे जेठो छोरा



काठमाडौं । भक्तपुरको बालकोटमा हिजो मृत फेला परेका हुलाक कार्यालयका कर्मचारी कूलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रविणको आफ्नै जेठा छोरा मिलनले नै हत्या गरेको पुष्टि भएको छ ।

भक्तपुरको बालकोटस्थित एक घरमा दाजुभाइ कोठा भाडामा लिएर बस्दै आएका थिए । कुलप्रसाद आचार्य खोटाङबाट केही दिनअघि मात्रै जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा आएका थिए ।

फरार रहेका जेठा छोरा मिलनले आज बिहान महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आफूले नै बाबु र भाईको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : पुस ९, २०८१ मंगलबार  १ : १५ बजे