यु–१९ महिला विश्वकपमा स्कटल्याण्डविरूद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै



काठमाडौं । आईसीसी यू-१९ टी२० महिला विश्‍वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्ड विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

सोमबार टस जितेर नेपालकी कप्तान पुजा महतोले पहिले ब्याटिङ गर्ने निर्णय गरेकी छन् । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् ।

पूजा महतोको कप्तानीमा नेपाली टिम विश्वकप खेल्न मलेसिया पुगेको हो । पहिलो खेलमा पराजित नेपाल र स्कटल्याण्डले दोस्रो खेलमा प्रतिस्पर्धा गरेका हुन् । समूह ‘डी’मा रहेका दुवै देश पहिलो जितको खोजीमा छन् ।

प्रकाशित मिति : माघ ७, २०८१ सोमबार  १२ : २७ बजे