काठमाडौं ।आइसिसी यू-१९ महिला विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ७४ रनको लक्ष्य दिएको छ।
मलेसियाको क्वालालम्पुरमा सोमबार समूह ‘डी’ को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १८.५ ओभरमा ७३ रनमा अलआउट भयो।
नेपालका लागि कप्तान पूजा महतोले २७ रन जोडिन्। उनले ४३ बलमा ३ चौका प्रहार गरिन्। सावित्री धामीले १० रन बनाइन्।
नेपालका अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।














