काठमाडौँ । दुई दिनअघि सामाजिक सञ्जालमा लेखेको आधारमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पिनर सन्दीप लामिछाने कारबाही गरेको छ।
लामिछाने क्यानको अनुशासनको कारबाहीमा परेका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका हुन्। उनका अनुसार गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उनले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका थिए। सोही विषयमा उनलाई कारबाही गरिएको हो।
लामिछानेलाई क्यानले एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरणसमेत सोधेको छ।
कारबाहीस्वरूप सन्दीपले अब क्यानले आयोजना गरेको कुनै पनि प्रतियोगितामध्ये एक खेल गुमाउनुपर्नेछ।














