संवैधानिक निकायमा नियुक्त ५२ जनाको नियुक्तिविरुद्धको सुनुवाइ आज हुँदै



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न मागसहित दर्ता भएको रिटआज सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा अधिवक्ता ओमप्रकाश अर्याल लगायतले दायर गरेको रिट निवेदन बुधबार सुनुवाइका लागि पेशीमा चढेको हो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतका साथै न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन्।कुमार रेग्मी र हरि फुयालले यस विवादको सुनुवाइमा नबस्ने घोषणा गरेका कारण उनीहरूबाहेकको इजलास गठन गरिएको हो।

२०७७ मङ्सिर १ गते सर्वोच्च अदालतमा दर्ता भएको उक्त रिटको सुनुवाइका यसअघि पटक पटक पेशी तोकिएपनि हेर्न नभ्याईनेमा पर्दै आएको छ । सो मुद्दाको पेशी आज चौथो नम्बरमा परेको छ ।

प्रकाशित मिति : माघ ३०, २०८१ बुधबार  १२ : ५३ बजे