काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोईरालाले सरकारमा एमालेकरण हुन लागेको आरोप लगाएका छन्।
मंगलबार काठमाडौंमा भएको नेपाल प्रेस युनियनका जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
’ उनले भने, ‘मैले पहल गरेर बनेको सरकार जसरी चल्दैछ,संसद् छलेर अध्यादेश ल्याउने जमर्को गरिराखेको छ,त्यसले लोकतन्त्रलाई अप्ठेरोमा पारिरहेको छ । ‘अध्यादेश राम्रो छ कि छैन, कस्तो छ भन्ने कुरा त्यो पछिको कुरा हो । संसद् आउनुभन्दा छ दिन पहिला अध्यादेश ल्याइन्छ । के कारणले अध्यादेश ल्याएको हो ? अध्यादेश किन अर्जेन्सी पर्यो ? भन्ने कुरामा सरकारले जवाफ दिन जरुरी छ ।’
नेता कोइरालाले दुई दलीय संयन्त्र बनाएर देशभर अभ्यास गरिएको भन्दै आपत्ति जनाए । उनले दलीय संयन्त्र बनाएर शासन गर्ने कम्युनिष्ट शैलीले देश एमालेकरण हुन लागेको आरोप लगाए । उनले देशलाई एमालेकरण हुनबाट जोगाउन देशभरका कार्यकता एकजुट हुनुपर्ने र त्यसविरुद्ध खबरदारी गर्नुपर्ने बताए ।














