सेन्ट्रल जोन भलिबलमा नेपालले अफगानिस्तानलाई ३-१ ले हरायो



काठ्माण्डौ-

एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनीयर पुरुष भलिबल प्रतियोगितामा नेपाल पाँचौ भएको छ।शुक्रबार पाँचौ स्थानको लागि भएको प्लेअफमा नेपालले अफगानिस्तानलाई ३-१ को सेटमा पराजित गर्‍यो।

पहिलो सेट २५-२३ ले जितेको नेपालले दोस्रो सेट २५-२३ ले नै गुमाएको थियो।तेस्रो सेटमा नेपाल २५-१८ ले विजयी भयो। चौथो सेटमा नेपाल २६-२४ ले विजयी भएसँगै खेल नेपालको पक्षमा ३-१ ले आयो।

समूह चरणका दुवै खेलमा पराजित भएको नेपालले अर्को समूहमा तेस्रो भएको अफगानिस्तानसँग पाँचौ स्थानका लागि खेलेको हो।समूह चरणमा नेपाललाई किर्गिस्तान र माल्दिभ्सले ३-० को सोझो सेटमा हराएका थिए।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा जारी प्रतियोगिताको उपाधिका लागि उज्वेकिस्तान र किर्गिस्तान शनिबार भिड्दै छन्।

प्रकाशित मिति : भाद्र ६, २०७६ शुक्रबार  १२ : १६ बजे