सेनाले टुँडिखेलमा मनायो स्थापना दिवस तथा महाशिवरात्री (तस्बिरहरू)



काठमाडौं । नेपाली सेनाले बुधबार २६२औँ स्थापना दिवस मनाएको छ।

नेपाली सेनाले टुँडिखेलमा स्थापना दिवससँगै शिवरात्रिको अवसरमा बढाइँ पनि गरेको छ ।

शिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भए ।

सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। त्यसअवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत सांस्कृतिक कार्यक्रम गरिएको छ ।

प्रकाशित मिति : फाल्गुन १४, २०८१ बुधबार  २ : २० बजे